रेष्टुरेन्ट खोल्ने

रेष्टुरेन्ट खोल्ने

पहिला जापानमा अहिले जस्तो बिदेशीहरूले रेष्टुरेन्ट खोलेको थिएन। तर अहिले त ठाउँ ठाउँमा चिनको, भियतनामीजको अनि नेपाली रेष्टुरेन्ट देख्छौँ। सायद तपाइँहरू मध्यमा पनि कोहीकोहीले भविष्यमा जापानमा आफ्नो रेष्टुरेन्ट खोल्ने लक्ष्य राख्नुभएको छ होला। त्यसैले यहाँ रेष्टुरेन्ट खोल्न चाहिने कदम बारे वर्णन गर्न चाहन्छौँ।

 

नियमकानुनको बारेमा

रेष्टुरेन्ट स्थापना गर्न तोकिएका नियमकानुन थुप्रै छन्। जस्तै सरसफाइ सम्बन्धी नियमहरू, दमकल सम्बन्धी नियमहरू, कर्मचारी सेवा शर्त नियमावली, अनि कर सम्बन्धि नियमहरूको ज्ञान पनि चाहिन्छ। बास्तबमा भन्ने हो भने यस्ता नियमहरू जापानीजहरूले पनि त्यति बुझेका छैनन्। किनकि त्यस्ता नितिनियमहरू जटिल अनि बुझन गाह्रो बनाइएको छ। तर चिन्ता नगर्नुहोस्। हामी तपाईंलाई मदत दिन तयार छौँ। हामीलाई काम दिनुभयो भने 「यो नियम त के भन्न खोजेको」「किन यत्रो धेरै कागजपत्रहरू चाहिन्छ」भन्ने जस्ता तपाईँको तनाव सबै हट्नेछ।

 

आवेदनको बारेमा

तोकिएको नियमकानुनअनुसार आवेदन गरिनेछ। त्यसको लागि बिभिन्न कदमहरू चाल्नुपर्छ। रेष्टुरेन्ट स्थापना गर्न पहिला 「रेष्टुरेन्टको अनुमति पत्र」निकाल्नुपर्ने हुन्छ। अनुमति पत्र बिना जापानमा बस्ने भिसा पनि पाउँदैन।

 

रेष्टुरेन्ट स्थापना गर्ने अनुमति पाउन थुप्रै कागजपत्र बनाउनुपर्ने हुन्छ। आवेदन गर्नेहरू मध्येमा प्रायःजसोसँग त्यस्तो कागजपत्र बनाउने अनुभव त छैन होला। स्वास्थ्यकेन्द्रसित मिलाउनुपर्ने काम पनि जटिल छ। तर चिन्ता नगर्नुहोस् सबै जटिल काम हामीले तपाईँको सट्टामा गरिदिन्छौँ। यदि तपाईंलाई भाषाको समास्य छ भने हामी दोभाषेको प्रबन्ध पनि मिलाईदिन सक्छौँ। तपाईं ढुक्क भएर आवस्यक कदमहरू चाल्न सक्नुहुनेछ।

 

स्वास्थ्य केन्द्रसित सम्पर्क राख्ने बारेमा

स्वास्थ्य केन्द्रको मान्छेसँग कुरा गर्नु भनेको बिदेशीहरूलाई निकै गाह्रो हुन्छ। उनिहरू कानुनको कुरा पनि निकालेर जापानीज भएपनि कहिले नसुनेको शब्द बोल्छन् । तर चिन्ता नगर्नुहोस्। हामीलाई काम दिनुभयो भने हामीले स्वास्थ्य केन्द्रको मान्छेसँग सम्पर्क राख्छौँ। अनि आवश्यक जानकारी तपाईंलाई दिने गर्छौँ। कागजात बनाउनेदेखि लिएर रेष्टुरेन्टको जाँच सम्म हामीले मिलाइदिन्छौँ।

page top