आफ ओनर हुने

आफ ओनर हुने

तपाईं जापानमा कम्पनी वा रेष्टुरेन्ट खोल्न चाहनुहुन्छ होला। यहाँ निवासको योग्यता र चाल्न सकिने कदम बारे वर्णन गर्न चाहन्छौँ।

 

व्यवसाय・व्यवस्थापन

व्यवसाय・व्यवस्थापन भनेको कम्पनी खोल्न वा व्यवसाय गर्न चाहिने निवास योग्यता हो।

 

सर्त
अफिस

अफिस र आफ्नो बसाईं चाहिँ छुट्याउनुपर्छ। नछुट्याएमा पास हुन्दैन भन्ने त छैन। तर सम्भावना एकदमै कम हुन्छ।

 

 

 

 

आकार

कम्पनीको आकारमा दुइवटा सर्त राखिएकोछ। कामदारको सर्त र पैसाको सर्त हो। दुइ मध्यमा एउटा सर्त पुगे हुन्छ।

 

कामदारको सर्त

कमसेकम दुइजना पूर्ण–समयको कर्मचारी चाहिन्छ।अनि जुन कर्मचारी जापानीज भएको हुनुपर्छ। विदेशी भएमा जो 「स्थायी निवासको हक भएको」「जापानीजसँग विहे भएको」「स्थायी निवासको हक भएकोसँग विहे भएको」वा 「स्थायी निबासी भएको」हुनुपर्छ।

 

 

 

पैसाको सर्त

कमसेकम 50 लाख भन्दा धेरै पुँजी लगाईएको हुनुपर्छ। पुँजीको स्रोत पनि स्पष्ट पारिएको हुनुपर्छ। कम्पनी खोल्नलाई त 50 लाखको पुँजी लगाए पुग्छ। तर व्यक्तिगतरूपमा व्यवसाय गर्ने हो भने आफ्नो बैंकको खातामा 50 लाख भएर मात्र पुग्दैन। किनकि देखाउन मात्र तयार भएको पैसा होला भन्ने शङ्का उठ्न सक्छ। त्यसैले लगानी गरेको प्रमाणको लागि खर्च गरेको रसिद बुझाउनुपर्ने हुनसक्छ। अनि कम्पनीको मान्छे भरोसायोग्य भएको हुनुपर्छ। हाम्रो ओफिसमा प्रायःजसो कम्पनी खोल्न आग्रह गर्छौँ। तर व्यक्तिगतरूपमा व्यवसाय गर्न चाहनुहुन्छ भने पनि अप्ठ्यारो नमान्नुहोस्। परामर्श लिन हाम्रो अफिसमा स्वागत छ।

 

कामदारको सर्त र पैसाको सर्तमा अपुग हुन्दा

कामदारको सर्त र पैसाको सर्त पूरा नगरे पनि पास हुन सक्छ। जस्तै कामदार एकजना मात्र तर पुँजी 25 लाख भएमा पास हुनसक्छ। हुनत अवस्था अनुसार फरक हुन्छ। कृपया हामीलाई सोध्नुहोस्।

 

व्यवस्थापनको बारेमा

व्यवसाय भनेको प्रायः ओनरलाई बुझाउँछ भने व्यवस्थापन भनेको विभाग वा कार्यस्थललाई रेखदेख गर्नेलाई बुझाउँछ। व्यवस्थापनमा 3 बर्ष भन्दा धेरै काम गरेको हुनुपर्छ। तर काम गरेको अनुभव नभएतापनि स्नातक स्कूलमा 3 बर्ष पढेको छ भने मिल्छ। 「विश्वविद्यालय」 चाहिँ होइन 「स्नातक स्कूल」मा पढेको हुनुपर्छ। बिदेशी भएकोभएर थोरै मात्र तलब दिनु हुन्दैन। उस्तै काम गरेका जापानीज स्टाफहरूसँग एउटै तलब दिनुपर्ने हुन्छ।

page top