कम्पनी बनाउने
कम्पनीको स्थापना
कम्पनी खोल्न हाम्रो अफिसले मदर गर्छौँ। हाम्रो ओफिसले तपाईंलाई संयुक्त पुँजी कम्पनी र गोदोगाइसा खोल्नको लागि मदत गर्न सक्छौँ। प्रत्येकको फाइदा बेफाइदा हुन्छ। त्यसको बारेमा वर्णन गर्न चाहन्छौँ।
जापानको कम्पनी सम्बन्धित कानुनअनुसार 4 वटा किसिमको कम्पनी हुन्छ। प्रायःजसोले संयुक्त पुँजी कम्पनी वा गोदोगाइसा स्थापना गर्छन्। अर्को दुईटा किसिमको कम्पनी चाहिँ चाल्नुपर्ने कदम जटिल छ। त्यसैले हाम्रो वेबसाईटमा चाहिँ संयुक्त पुँजी कम्पनी र गोदोगाइसाको बारेमा मात्र वर्णन गर्नेछौँ। पहिला लिमिटेड कम्पनी पनि स्थापना गर्न सकिन्थ्यो तर सन् 2006 देखि बनाउन नमिल्ने भयो। बरु त्यतिखेर देखि गोदोगाइसा स्थापना गर्न मिल्ने भयो। त्यसकारण पहिला गोदोगाइसा जापानमा त्यति परिचय त थिएन। त्यसैले गोदोगाइसामा जागिर खाने मान्छे पनि त्यति धेरै त थिएन। बैंकले पनि लगानी गर्दैनथियो। तर अहिले भने चिरपरिचित भएको छ। Google Japan, Apple Japan, Amazon Japan जस्ता ठुलो कम्पनीमा पनि गोदोगाइसाको सँख्या बढ्दैछ। एक्लैले व्यवसाय गर्नेले पनि गोदोगाइसा स्थापना गर्न सजिलो भएकोछ।
संयुक्त पुँजी कम्पनी र गोदोगाइसामा महत्वपूर्ण निर्णय गर्ने तरिका फरक हुन्छ। संयुक्त पुँजी कम्पनीमा हिस्सेदारको सभामा निर्णय गरिनेछ। जो धेरै शेयर लिएको छ त्यसले कम्पनीमा ठूलो प्रभाव पार्न सकिन्छ। त्यसैले जोसँग 51%को शेयर छ भने उ आफैले थुप्रै कुराहरू निर्णय गर्न मिल्छ। अनि यदि जोसँग 67%को शेयर छ भने सबै कुराहरू निर्णय वा बदल्न सकिन्छ। जसमा कम्पनी पोलिसी पनि समावेश हुन्छ। तर गोदोगाइसाको निर्णय गर्ने तरिका भने भिन्नै छ। कम्पनीको स्टाफ सबैको अनुमति चाहिन्छ। अर्थात सर्वसम्मति द्वारा निर्णय गरिनेछ।
निर्देशक जस्ता कार्यकारीको म्याद चाहिँ 2 बर्ष(निरिक्षक चाहिँ 4 बर्ष)हो। तर संयुक्त पुँजी कम्पनीमा चाहिँ 10 बर्ष सम्म बढाउन सकिन्छ। तर त्यसको म्याद लामो भए हुन्छ भन्ने पनि छैन। जस्तै निरिक्षकको काम कामै नगर्ने किसिमको मान्छेलाई खटाईयो भने म्याद लामो भएमा कम्पनीको लागि त नोकसानी हुन्छ। तर म्याद छोटो बनायो भने पनि हरेक चोटि नविकरण गर्न जटिल कदम चाल्नुपर्ने हुन्छ। त्यसैले म्याद कसरी वा कति राख्ने भन्ने बारेमा विचारशील हुनु आवश्यक छ। गोदोगाइसामा चाहिँ कार्यकारीको म्याद तोक्ने आवश्यक छैन। त्यसैले कुनै कार्यकारीले जागिर छोड्यो अथवा गलत काम गरेर नामै मेटाउनु पर्ने अवस्था बाहेक कार्यकारीको रूपमा काम गरिरहन पाउँछ।
संयुक्त पुँजी कम्पनीमा 「代表取締役」(दाईह्यो तोरिसिमारियाकु)अनि गोदोगाइसामा चाहिँ 「代表社員」(दाईह्यो स्याइन्)भनिनेछ। प्रायः जापानीजहरूलाई तोरिसिमारियाकु नै ठूलो ठानेर स्याइन्लाई सानो सम्झन्छन्। तर कुरा त एउटै हो। दाईह्यो तोरिसिमारियाकु पनि दाईह्यो स्याइन्ले पनि प्रतिनिधिलाई नै बुझाउँछ।
कागजपत्र बनाउन मात्र कमसेकम संयुक्त पुँजी कम्पनीमा 2 लाख, अनि गोदोगाइसामा 60 हजारको फि तिर्नुपर्ने हुन्छ। सार्वजनिक नोटरीलाई काम गर्न दियो भने अझै पैसा चाहिन्छ। खर्चको चिन्ता छ भने गोदोगाइसा स्थापना गर्नु बेस हो।