जापानको नागरिकता पाउने

जापानको नागरिकता पाउने

बिदेशीले जापानीज नागरिकता पाउने कुरालाई जापानीज भाषामा「किका」भन्छ। अनि अङ्गीकृत हुनुमा 3 वटा किसिमको हुन्छ। तर यहाँ चाहिँ 2 वटा किसिमको बारेमा मात्र चर्चा गर्न चाहन्छौँ। त्यो हो 「सामान्य अङ्गीकृत」र 「बिशेष अङ्गीकृत」

 

सामान्य अङ्गीकृतको सर्त

अधिकांश बिदेशीहरूले सामान्य अङ्गीकृत नागरिकको रूपमा जापानीज नागरिकता पाउने गरेकाछन्। सामान्य अङ्गीकृत हुनुमा 7 वटा सर्तहरू छन्।

 

1.5 बर्ष भन्दा बढी जापानको ठेगानामा बसेको हुनुपर्छ।

 

जापानबाट निस्केर 3 महिना भन्दा बढी समय बित्दा

3 महिना भन्दा बढी जापानबाट निस्किन्दा अङ्गीकृत हुने अनुमति पाउन गाह्रो हुन्छ। कामको कारण होस् या आफ्नो आमाबुबालो हेरचाह गर्न किन नहोस्। जस्तोसुकै कारण भएपनि 3 महिना भन्दा बढी जापानबाट निस्केर अन्त कतै ठाउँमा बस्नु मिल्दैन।

 

बर्षमा「200 दिन भन्दा बढी」जापानबाट निस्केको खण्डमा

बर्षमा 200 दिन भन्दा बढी जापान र अरू देश जाने आउने गरेको राम्रो होइन। चाहे कामको कारण होस् या आफ्नो आमाबुबालो हेरचाह गर्न किन नहोस्। जस्तोसुकै कारण भएपनि बर्षमा 200 दिन भन्दा बढी जापानबाट निस्केको छ भने अङ्गीकृत हुने अनुमति पाउन गाह्रो हुन्छ।

 

3 बर्ष भन्दा बढी जागिर खाएको

5 बर्ष भन्दा बढी जापानमा बसेको मात्र पुग्दैन। 3 बर्ष भन्दा बढी जागिर खाएको हुनुपर्छ। जागिर भनेको पार्ट–टाइम जोव चाहिँ हुन्दैन। फुल–टाइम जोव भएपनि बर्षमा एक पटक नविकरण गर्ने किसिमको होइन बरु कर्मचारीको रूपमा जागिर पाएको हुनुपर्छ।

 

2.उमेर 20 बर्ष काटिसकेको अनि कानुनि रूपमा वयस्क भएको

जापान र आफ्नो देश दुबैमा कानुनी रूपमा वयस्क भएको हुनुपर्छ। जापानमा चाहिँ 20 बर्ष काटेपछि बयस्क हुन्छ। तरनेपालमा चाहिँ उमेर 16 बर्ष काटेपछि बयस्क हुन्छ। त्यसैले नेपालको कानुनी अनुसार वयस्क भईसकेको भए तापनि जापानको कानुन अनुसार 20 बर्ष काटिसके पछि मात्र अङ्गीकृत हुने योग्यता हासिल गर्न सकिन्छ।

 

राम्रो स्वभाव र व्यवहारको हुनुपर्छ।

देशको नियमकानुनलाई राम्रोसँग पालन गर्ने मान्छे हो कि होइन। अरूलाई दुःख नदिने मान्छे हो कि होइन भनेर तपाईँको विश्लेषण गरिनेछ। कर वा पेन्सन तिरेको छ कि छैन। पहिला झ्यालखानामा बसेको थियो कि थिएन। गुण्डा–दलसँग सम्बन्ध छ कि छैन। यदि तपाईं कम्पनीको मालिक हुनुहुन्छ भने निगम कर तिरेको छ कि छैन भन्ने कुराको समेत जाँच गरिनेछ। त्यसैले कर नतिरेर बसेको छ भने आवेदन गर्नु अघि नै कर तिर्नु बेस हो। तपाईंको परिवार छ भने परिवारले गुण्डाहरूसँग सम्बन्ध गाँसेको छ कि छैन भनेर पनि जाँच गरिनेछ।

 

आर्थिक रूपमा गाह्रो नभएको र राम्रोसँग जिविका चलाएको

राम्रो जागिर पाएको अनि राम्रोसँग परिवारलाई पाल्न सकेको छ कि छैन भनेर हेरिने छ। विषेशगरी तलबलाई अझ ध्यान दिएर हेरिने छ। तलब भन्दा खर्च धेरै नै छ। अथवा कम्पनीको अर्थतन्त्रमा घाटा परिरहेको छ भने भिसा पाउन गाह्रो हुन्छ। महिनाको तलब कमसेकम 「1 लाख 80 हजार येन」भन्ने स्तर रहेछ।

 

पहिलाको नागरिकता गुमाउनेछ।

जापानको कानुन अनुसार दुई वटा नागरिकता हासिल गर्न सक्दैन। त्यसैले जापानमा अङ्गिकृत भएपछि पहिलाको नागरिकता लोप हुनेछ।

 

खतरनाक र हिंस्रक बिचारधारा नभएको

क्रान्तिकारी वा आन्दोलन मच्चाउन खोजेको व्यक्तिलाई पक्कै पनि सरकारले अङ्गिकृत भिसा दिन्दैन।
कारण स्पष्ट छ। जापान देशलाई हानी पुर्याईदिने व्यक्तिलाई अङ्गिकृत हुने अनुमति दिन सक्दै सक्दैन।
अनि आफ चाहिँ क्रान्तिकारी होइन तर आन्दोलन मच्चाउन खोजेको दलसँग कुनै न कुनै सम्बन्ध छ भने पनि भिसा दिईने छैन। आफ मात्र होइन परिवारको कोही सदस्यले त्यस्तो दलसँग सम्बन्ध राख्नु पनि हुन्दैन।

 

जसलाई जापानीज भाषा लेख्न पढ्न आउँछ।

जापानीज भाषा कतिको आउँछ भन्ने कुरा नियालेर हेरिने छ। तर त्यसो भन्दैमा दोभाषे जतिको साक्षरता चाहिन्छ भन्ने त होइन। N4 वा N3 जतिको क्षमता भए पुग्छ। जापानीज भाषाको परिक्षा पनि दिनुपर्छ तर धेरै गाह्रो त छैन। हल्काफुल्का पढलख गर्न आउँछ भने ठीक छ।

 

बिशेष अङ्गीकृतको सर्त

अहिलेसम्म सामान्य कदम चालेर अङ्गिकृत हुने तरिका बारे चर्चा गर्यौँ भने अब देखि अर्को अङ्गिकृत हुने तरिकाको बारेमा चर्चा गर्नेछौँ। यो तोकिएको नियमकानुन अनुसार कदम चाल्यो भने सामन्य तरिका भन्दा सजिलो तरिकाले अङ्गिकृत हुन पाउँछ।

 

1.आफ्नो आमा वा बुबा पहिला जापान नागरिक भएको(धर्मपुत्र भने मिल्दैन)अनि 3 बर्ष भन्दा बढी जापानमा बसेर घर वा ठेगाना पाएको

उदाहरणको लागि एकजना जापानीज बिदेश गयो अनि त्यहाँको नागरिकता पायो भने कानुन अनुसार जापान नागरिकता चाहिँ छोड्नुपर्ने हुन्छ। त्यसकारण जसको छोराछोरीको नागरिकता पनि जापानको त होइन। ति छोराछोरीले जापानमा 3 बर्ष भन्दा बढी बस्यो भने अङ्गिकृत हुने अधिकार पाउँछ। आवेदन गर्नु भन्दा अगाडी जापानमा बसिरख्नुपर्ने समयावधि चाहिँ सामान्यरूपमा अङ्गिकार गर्नु भन्दा 2 बर्ष छोटो छ।

 

2.जापानमा जन्मियो अनि 3 बर्ष भन्दा बढी जापानमा बसेको अथवा जसको आफ्नै आमा वा बुबा जापानमा जन्मेको।

जापानमा बसोबास गरेको कोरियनहरू वा उनिहरूको बच्चा र नातिनातिनाहरू यसमा पर्छन्। विवाह, जागिर खाने जस्ता विभिन्न कारणले गर्दा जापानमा अङ्गिकृत हुने कोरियनहरू पनि छन्। त्यसैले यदि तपाईं पनि त्यस्तै कारणले अङ्गिकृत हुन चाहनुहुन्छ भने कृपया आफ जापानमा जम्मा कति वर्ष बसेको भन्ने कुरा निश्चित गरेर हाम्रो अफिससँग सम्पर्क राख्नुहोस्।

 

3.जापानमा 10 बर्ष भन्दा बढी बसोबास गरेको।

सामान्य अङ्गीकृतको सर्त चाहिँ「5 बर्ष भन्दा बढी जापानको ठेगानामा बसेको हुनुपर्छ」भन्ने थियो भने यहाँ चाहिँ ठेगाना होइन 「बसोबास」भन्ने अभिव्यक्ति चलाईएको छ। हुनत ठेगाना र बसोबास गरेको ठाउँमा खासै फरक त छैन। तर कानुनी रूपमा「ठेगाना」र「बसोबास」गर्नुमा कस्तो भिन्नता छ सँगै विचार गरौँ।

 

ठेगाना

「ठेगाना」भनेको तपाईंले अहिले बसोबास गर्नुभएको घर वा कोठालाई बुझाउँछ।

 

अस्थायीको रूपमा बसेको ठाउँ

अस्थायीको रूपमा बसेको ठाउँ भनेको 「जुन ठाउँमा केही समयसम्म बसेर जीवन बिताउँछ।। तर स्थायीको लागि नबस्ने ठाउँ」लाई बुझाउँछ। जस्तै परिवार घरमा राखेर कामको लागि एक्लै होस्टेल वा होटेलमा बस्नुपर्दा अथवा बिरामीको कारण अस्पतालमा भर्ना हुनुपर्दा यसमा पर्छ। सामान्य अङ्गीकृतको सर्त चाहिँ 「3 बर्ष भन्दा बढी」जागिर खानुपर्थ्यो भने यस्तो हालतमा आवेदन गर्ने हो भने 「1 बर्ष भन्दा बढी」ले पुग्छ।

 

4.जापानीज श्रीमान वा श्रीमती

जापानीजसँग विवाह गरेको विदेशीले सामन्य भन्दा छिटो अङ्गिकृतको आवेदन गर्न सकिन्छ। यस सन्दर्भमा दुईटा हालत विचार गर्न सक्छौँ। 「विवाह गर्दा जापानमा थियो कि थिएन」भन्ने हो।

 

3 बर्ष भन्दा बढी जापानमा बसेको अनि जापानको ठेगाना भएको।

3 बर्ष भन्दा बढी जापानमा बसेको बिदेशीले जापानीजसँग विवाह गर्यो भने अङ्गीकृतको आवेदन गर्ने योग्यता पाउँछ। जापानमा 2 बर्ष मात्र बसेको छ भने विवाह गरेको 1 बर्ष बर्षपछि आवेदन गर्ने योग्यता पाउनेछ।

 

विवाह गरेको 3 बर्ष भएको अनि जापानमा बसेको 1 बर्ष भएको

विवाह चाहिँ बिदेशमा गर्यो तर विवाह गरेको 3 बर्ष भईसकेको अनि जापानमा बसेको 1 बर्ष भईसकेको छ भने अङ्गीकृतको आवेदन गर्ने योग्यता पाउँछ।

 

5.जापानीजको बच्चा

कानुन अनुसार「बच्चा」मा दुइवटा किसिमको हुन्छ। आफ्नो बच्चा र धर्मपुत्र। किसिम अनुसार अङ्गिकृत हुने सर्त फरक हुन्छ।

 

आफ्नै बच्चा भएमा

कसैको मनमा「जापानीजको बच्चा भनेपछि जापानीज त हो नि। किन अङ्गिकार गर्नुपर्छ?」भन्ने प्रश्न उठ्न सक्छ। तर एकजना बिदेशीले जापानमा अङ्गिकार गर्यो तर त्यसको बच्चाको नागरिकता भने पहिलाको देशको हो भने बच्चाले पनि अङ्गिकार गर्नुपर्ने हुन्छ। अथवा जसको आमा वा बुबा जापानीज तर जो विदेशीमा जन्मिएका अनि नागरिकता पनि त्यहाँको छ भने बच्चाले पछि जापानमा बस्ने हो भने अङ्गिकार गर्नुपर्छ। जापानमा बसोबास गर्ने ठेगाना छ भने तुरुन्तै अङ्गिकारको लागि कदम चाल्न सक्नुहुन्छ।

 

धर्मपुत्र भएमा

निम्न अवस्थाको बारेमा चर्चा गरौँ

 

आफ्नै आमाबुबा जापानीज होइन → पछि आमाबुबाको सम्बन्ध विच्छेद भयो → बच्चासँग बस्ने भएको आमा वा बुबा पछि जापानीजसँग विवाह भयो → त्यसैकारण बच्चा पनि सँगै जापानमा आउने भयो → बच्चालाई जापानीजको धर्मपुत्र बनाईयो

 

उक्त अवस्थामा दुईटा सर्त छ।

 

सर्त 1:जापानमा आएको 1 बर्ष भन्दा बढी भएको

जापानमा आउनेबित्तिकै अङ्गिकार गर्न त सक्दैन। कमसेकम 1 बर्ष भन्दा बढी बसेको हुनुपर्छ।

 

सर्त 2:धर्मपुत्र बनाउँदा नेपालको कानुनअनुसार नाबालक भएको हुनुपर्छ।

यो उमेरको सर्त हो। नेपालमै वयस्क भईसकेको छ भने अङ्गीकृतको आवेदन गर्न सक्दैन। नेपालको कानुनअनुसार 16 बर्ष काटे देखि वयस्क हुन्छ। त्यसैले धर्मपुत्र बनाउन 15 बर्ष भन्दा कम उमेरको हुनुपर्छ। कृपया याद गर्नुहोस्। नाबालकको उमेरजापानको कानुनअनुसार होइन नेपालको कानुनअनुसार हो

 

6.पहिला जापानीज नागरिकता पाएको

 

7. जन्मिन्दा कुनै पनि देशको नागरिक नभएको तर 3 बर्ष भन्दा बढी जापानमा बसेको।

 

उक्त व्यक्तिहरूले सामन्य तरिका भन्दा सजिलो तरिकाले अङ्गिकार गर्न पाउँछन्।

page top