स्थायी निवासको हक पाउने

स्थायी निवासको हक पाउने

「जापानको जीवन राम्रो छ सुबिधा पनि छ तर घरिघरि भिसा नविकरण गर्न चाहिँ झ्याउ लाग्दो छ। त्यहिभएर स्थायी निवासको हक लिने कि 」भनेर सोच्दै हुनुहुन्छ? यहाँ स्थायी निवासको हकको बारेमा वर्णन गर्नेछौँ।

 

सर्

व्यवहार आचरण राम्रो भएको हुनुपर्छ।

पहिला अपराध गरेको थियो कि थिएन। नियमकानुनको उल्लंघन गरेको थियो कि थिएन। कर समयमै तिरेको छ कि छैन भन्ने कुरा हेरिन्छ। पहिला जेलसजाय भोगेको भए पक्कै भिसाको अनुमति दिईने छैन। तर सानोतिनो गलत काम धेरै चोटी गरेको छ भने पनि पेनाल्टी हुन सक्छ। जस्तै ट्राफिक नियमको उल्लंघन। पाँच बर्ष भित्र 2,3 पटक मात्र भने ठीक छ। तर धेरै चोटी दुर्घटनामा परेको छ। लाइसेन्स गुमाएको छ भने भिसा पाउने सम्भावना कम हुन्छ। रक्सी पिउँदै गाडी कुदाउने अथवा लाइसेन्स बिना कुदाउनु पनि ठूलो गल्ती हो। Over work र Over stay गरेको मान्छे पनि आचरण राम्रो भएको ब्यक्ति भनेर भन्न त सक्दैन।

 

अनि कर र निवृत्तिभरण बुझाएको हुनुपर्छ। त्यसको प्रमाणको लागि कर र निवृत्तिभरणको भुक्तानी पत्र, स्वस्थ्य विमाको पत्र पनि मगाईने छ। यदि त्यसमध्येमा तिर्नुपर्ने बाँकी छ भने आवेदन गर्नु अघि नै तिरेको राम्रो हो। अनि अहिले सम्म नतिरेको कारण अनि अबउसो समयमै तिर्ने संकल्प गर्यो भने निरिक्षण गर्नेको
भरोसा जित्न सकिने सम्भावना बढ्छ।

 

आफै जीविका चलाउने क्षमता

अरूमा भर नपरी आफै जीविका चलाउन सकिने आर्थिक अवस्थामा छ कि छैन भनेर हेरिने छ। त्यसको लागि तलब मात्र नभई बैंकमा कति बचत गरेको छ र अरू सम्पत्ति कतिको छ भनेर पनि हेरिने छ। तर सबभन्दा महत्वपूर्ण कुरा चाहिँ उस्को तलब हो। बिगत 5 बर्षको तलब हेरिने छ। तलब वर्षमा 30 लाख भन्दा बढी छ भने ठीक छ। आश्रित परिवार एकजना थपेमा अझै 7 देखि 8 लाख बढी तलब पाएको हुनुपर्छ।

 

आफै जीविका चलाउन सकिने क्षमता भएको हुनुपर्छ। बेरोजगार वा सरकारको सेवासुविधाको फाइदा उठाउँदै जीवन बिताएमा पक्कै अनुमति पाइने छैन।

 

जापानमा फाइदा पुर्याउने ब्यक्ति हुनुपर्छ

जापानमा फाइदा पुर्याउने सकिने ब्यक्ति हुन् कि होइनन् भनेर हेरिने छ। तर त्यसको लागि कुनै विषेश सीप वा क्षमता चाहिन्छ भन्ने छैन। कृपया चिन्ता नगर्नुहोस्।

 

जापानमा कति वर्ष बसेको

कति बर्ष जापानमा बसेको छ भनेर जाँच गरिनेछ।

 

1.10 बर्ष भन्दा बढी जापानमा बसेको हुनुपर्छ
2.त्यस मध्यमा 5 बर्ष भन्दा बढी श्रमस्वीकृत भिसामा काम गरेको हुनुपर्छ
3.भिसाको म्याद सबभन्दा लामो भएको हुनुपर्छ

 

उक्त तीन वटा सर्तहरू छन्

 

1.10 बर्ष भन्दा बढी जापानमा बसेको हुनुपर्छ

यस्को मतलब 10 बर्षको दौडान एकचोटी पनि आफ्नो देशमा फर्कनुहुन्दैन भन्न खोजेको त होइन। उदाहरणको लागि बर्षको एकचोटी 1 वा 2 हप्ताको लागि आफ्नो देशमा फर्कनु केही समस्या छैन। तर कामको लागि होस् या अन्य कुनै कारणले किन नहोस् बर्षमा 「100 दिन भन्दा धेरै」जापान बाहेक अरु देशमा बस्नुहुन्छ भने त्यसको ठोस कारण चाहिन्छ। अनि यदि जापानमा फेरि देशप्रदेश हुने अनुमति नपाई जापानबाट प्रस्थान गर्दा वा तोकिएकै समयावधिमा जापानमा नफर्कन्दा तपाईंले जति लामो जापानमा बस्नुभएको भए तापनि त्यही समयावधि सबै रद्द हुन सक्छ।

 

2.त्यस मध्यमा 5 बर्ष भन्दा बढी श्रमस्वीकृत भिसामा काम गरेको हुनुपर्छ

जागिर कहिलेकाहीँ बदलेको भए तापनि ठूलो समस्या त छैन। तर यदि धेरै चोटी जागिर बदलेको बदलै गरेको छ भने अथवा एउटै किसिमको होइन बरु बिभिन्न किसिमको जागिर खाएको छ भने यो मान्छे त जागिर खाने सन्दर्भमा अस्थिर मान्छे रहेछ भन्ने छाप पर्न सक्छ। किनकि जागिर बदलेपछि तलब घटन सक्छ। अनि एउटा काममा ध्यान दिन नसक्ने बिन्दास मान्छे हो कि भन्ने शङ्का उठ्न सक्छ। त्यसकारण आवेदन गर्नु भन्दा अगाडी चाहिँ जागिर नबदल्नु बेस हुन्छ। भिसाको जाँच सकेपछि जागिर बदल्नुहोस्।

 

3.भिसाको म्याद सबभन्दा लामो भएको हुनुपर्छ

उदाहरणको लागि श्रमस्वीकृत भिसाको सबैभन्दा लामो म्याद भनेको 5 बर्ष हो। त्यसैले तपाईं श्रमस्वीकृत भिसामा हुनुहुन्छ भने 5 बर्षको म्याद पाएको हुनुपर्छ। तर वास्तवमा 5 बर्ष नै चाहिन्छ भन्ने छैन। 「3 बर्ष भन्दा बढी」 छ भने अनुमति पाइने सम्भावना धेरै छ। कृपया आफ्नो निवास कार्डको म्याद हेरेर यदि 1 वा 2 बर्ष मात्र हो भने नविकरण गरेर 3 बर्षको बनाउनुहोस्। त्यसपछि मात्र आवेदन गर्न सक्नुहुनेछ।

 

जापानमा बसेको समयावधिमा अपवाद

सबैले 「10 बर्ष भन्दा बढी」बसेको हुनुपर्छ भन्ने त छैन। जसको भिसा कुन किसिमको हो त्यसमा पनि भर पर्छ। त्यसोभए के कस्तो अवस्थामा जापानमा बसेको 10 बर्ष नबित्दै स्थायी निवासको आवेदन गर्न सकिन्छ। सँगै चर्चा गरौँ।

 

जापानीज, स्थायी निवासको हक भएको, अथवा विषेश निवासको हक भएको मानिसको श्रीमान वा श्रीमती। आफ्नो बच्चा वा धर्मपुत्र
श्रीमान वा श्रीमती

「विवाह भएर सँगै बसेको कमसेकम 3 बर्ष त बितिसकेको हुनुपर्छ। अनि 1 बर्ष भन्दा बढी जापानमा बसिरखेको हुनुपर्छ।」यसको मतलब विवाह त भएछ तर अलग्गै बसेको खण्डमा वा बर्षमा आधी जति बिदेशमा बसेको खण्डमा भिसा पाईने छैन।

 

आफ्नो बच्चा वा धर्मपुत्र

「1 बर्ष भन्दा बढी जापानमा बसिरखेको हुनुपर्छ」भन्ने सर्त छ। त्यसैले बिदेश र जापान जाने आउने गरिरहेको खण्डमा चाहिँ भिसा नपाउने सम्भावना धेरै छ।

 

आचरण र आर्थिक सर्त

उस्को आचरण र आर्थिक अवस्थामा भर पर्दैन।। त्यसैले पहिला अपराध गरेको भएतापनि अथवा जागिर गुमाएको भएतापनि उक्त सर्तहरू सबै पूरा गरेकोछ भने भिसा पाउने सम्भावना धेरै हुन्छ।

 

तेइज्युस्या भन्ने निवास योग्यतामा 5 बर्ष भन्दा बढी जापानमा बसिरखेकाहरूको लागि

तेइज्युस्या भनेको जसको आमाबुबा वा हजुरआमा हजुरबुबाले पहिला जापानबाट अर्को देशमा बसोबास गर्यो। अनि उसले त्यहीँ ठाउँमा जन्मियो भने उसले जापानमा बस्न पाईने भिसा हो। उसले 10 बर्ष होइन तर 5 बर्ष जापानमा बस्यो भने स्थायी निवासको हक पाउँछ। तर जापानमा बसेको जम्मा 5 बर्ष होइन। तेइज्युस्या पाएदेखि अझै 5 बर्ष बसेको हुनुपर्छ।

 

प्रतिभाशाली व्यक्ति

「प्रतिभाशाली व्यक्ति」भनेको आप्रवास नियन्त्रण समितिले तोकेको प्रबन्ध अनुसार अंक पाएको बिदेशीलाई बुझाउँछ। 「प्रतिभा」भनेर लेखिएकोले बिशेष सीप वा क्षमता भएको हुनुपर्छ होला भनेर सोच्नुहुन्छ होला। तर वास्तवमा त्यसो होइन। सामान्य वर्किङ भिसा छ अनि अंक पाउनुभएको छ भने तपाईं पनि 「प्रतिभाशाली व्यक्ति」मा पर्छ। तपाईँको शिक्षा, रोजगारीको इतिहास, तलब अनुसार अंक थपिनेछ।
निम्न सर्तहरू छन्

 

1.3 बर्ष अघिदेखि 70 भन्दा बढी अंक पाएको
2.1 बर्ष अघिदेखि 80 भन्दा बढी अंक पाएको

 

तपाईँको उमेरअनुसार थपिने अंक बदलिनेछ। अनि तलब बढ्यो भने पनि अंक थपिनेछ। त्यसैले पटकपटक आफ्नो अंक कति हो भनेर निश्चित गर्नुहोस्। कोहि कोहि बिदेशीहरू स्थायी निवासको हक पाउन प्रशस्त अंक भएपनि यो कुरा थाहा नपाएर आवेदन नगर्नेहरू पनि छन्। तपाईं चाहिँ त्यस्तो नहोस्।

page top