जापानमा काम गर्ने

जापानमा काम गर्ने

नोकरी भिसामा(Working Visa) पनि बिभिन्न किसिमको हुन्छ। एक-एक गरेर वर्णन गर्न चाहन्छौँ।

 

(प्रविधि/मानविकीज्ञान/अन्तराष्टियकार्य)Engineer/Specialist in Humanities/International Services

सबैभन्दा धेरै बिदेशीहरूले लिएको यहि हो।पालोपलो बिचार गरौँ।

 

प्रविधि/Engineer

विज्ञान पढेर सीप भएकोलाई दिईने भिसा हो। पाइने जागिर चाहिँ IT इन्जिनियर, वेब डिजाइनर, निर्माण इन्जिनियर जस्ता इन्जिनियरिङ सम्बन्धित कामहरू हुन्।

 

 

 

 

मानविकीज्ञान/Specialist in Humanities

यो प्रायः BA पढेको ब्यक्तिले पाइने भिसा हो। जागिर चाहिँ व्यवसाय, लेखापालक, अनि प्रशासनिक काम हुन्छ।

 

 

 

 

अन्तराष्टियकार्य/International Services

यो बिदेशीको विषेशतालाई जोड दिएको भिसा हो। भाषा शिक्षक, अनुवादक, दोभासेको काम यसमा पर्छ।

 

 

 

 

 

सर्त
सिद्ध्याएको पढाइ र पाइने जागिर मिलेको हुनुपर्छ।

स्नातक गरेको दाईगाकु, तानदाई र सेनमोनगाको(सेनमोनगाको चाहिँ जापान भित्र मात्र)को पढाइ र पाइने जागिर मिलेको हुनुपर्छ। BA पढेकोले लेखापालकको जागिर पाउन या BSc पढेकोले इन्जिनियरिङको काम पाउन गाह्रो हुन सक्छ।

 

पृष्ठभूमी

प्रविधि/मानविकीज्ञानको भिसा चाहिँ हाई-स्कूलको पढाइ मात्र सिद्धिएको भएपनि 10 बर्ष भन्दा धेरै त्यस सम्बन्धित काम गर्नुभएको छ भने आवेदन गर्न पाउनुहुन्छ।
अन्तराष्टियकार्यको भिसा भने त्यस सम्बन्धित काम 3 बर्ष भन्दा धेरै गर्नुभएको छ भने पुग्छ। तर युनिवर्सिटी ग्य्राजुएट भएर अनुवाद वा भाषा स्कुलको शिक्षक बन्ने हो भने काम गरेको अनुभव चाहिन्दैन। अनि पहिला कस्तो काम गर्नुभएको थियो भन्ने कागजपत्र चाहिँ पहिला काम गर्नुभएको कम्पनी बाट निकाल्नुपर्छ।

 

तलब

बिदेशी भएकोभएर जापानीज भन्दा थोरै मात्र तलब दिनु मिल्दैन। अनि नगरपालिकाले तोकेको स्तर भन्दा माथिको तलब दिनुपर्ने हुन्छ। अनि अरू कम्पनी सँग तुलना गरेर अत्ति नै कम छ भने पनि भिसा पास नहुने सम्भावना हुन्छ।

 

सम्झौता

कम्पनीले काम गर्नेसँग सम्झौता गर्नुपर्छ। तर रोजगार करार बाँध्नु पर्छ भन्ने त छैन। ठेक्कामा
वा हाकेन भएपनि हुन्छ। आवेदन गर्दा करारपत्रसँगै बुझाउनुपर्ने हुन्छ।

 

व्यावसायिक अवस्था

कम्पनीको व्यावसायिक अवस्था पनि हेरिन्छ। जुन कम्पनीको अर्थतन्त्रमा घाटा परिरहेको छ भने भिसा पाउन गाह्रो हुनसक्छ। त्यसैले कसरी घाटा सुल्झाउने भनेर व्यापार योजना सहित राम्रोसँग बुझउनुपर्ने हुन्छ। नयाँ कम्पनी शुरु गर्नको लागि पनि व्यापार योजना चाहिन्छ।

 

अपराध र Over stay

यदि नेपालमा या जापानमा अपराध गरेको थियो भने भिसाको जाँच पास हुन गाह्रो हुन्छ। Over stay, तोकिएको समय भन्दा बढी काम गर्ने (हप्ताको 28 घण्टा भित्र)आदि कुराहरुले गर्दा पनि पास हुने सम्भावना कम हुन्छ। जुन मान्छेको ब्यक्तित्व पनि हेरिनेछ।

 

सीप

तपाईंसँग जुन सीप छ त्यो सीपअनुसार दिईने भिसा हो। त्यसको लागि तपाईँको पढाइलेखाइ हेरिने छैन। बर 10 बर्ष भन्दा धेरै काम गरेको हुनुपर्छ। जुन समयअवधिमा पढेको समय पनि समावेश हुन्छ। उदाहरणको लागि भान्छे हुनलाई सेम्मोन गाक्कोमा 2 बर्ष पढेर त्यसपछि 8 बर्ष काम गर्यो भने भिसा पाउन सक्छ।

 

श्रम–विभाजन

भान्छे, Sommelier, Instructor जस्ता 9 वटा किसिमको हुन्छ। तर प्रायःजसो भान्छेको भिसा आवेदन गरिनेछ।

 

 

 

 

 

सर्त
कामको अनुभव

अहिलेसम्म बुझे झैं आफ्नो सीपअनुसारको काम 10 बर्ष भन्दा धेरै गरेको हुनुपर्छ। त्यसलाई पक्का गर्न आप्रवास नियन्त्रण अफिसले नेपालको पहिला काम गरेको रेष्टुरेन्टमा फोन गरेर सोध्न सक्छ। अनि त्यतिखेर धेरैजसो रेष्टुरेन्टको ओनरले "त्यस्तो मान्छे त चिन्दिनँ" भन्छ रे। त्यसैले पहिला काम गरेको रेष्टुरेन्टको ओनरलाई जापानबाट फोन आउन सक्छ भनेर अघि नै जानकारी दिनु बेस हो।

 

रेष्टुरेन्टको अवस्था

तपाईंले पहिला काम गरेको ठाउँ गुगल मेप बाट हेरिनेछ। यदि बन्दा भएमा रेष्टुरेन्टको ओनरलाई सम्पर्क राखेर प्रमाणपत्र निकाल्न आग्रह गर्नुपर्छ। यदि अनुमतिपत्र निकाल्न सकेन भने साच्चै काम गरेको भएतापनि भिसा पास हुन्दैन।

 

मजदुर र व्यवस्थापकबीचको सम्बन्ध

प्रविधि/मानविकीज्ञान/अन्तराष्टियकार्यमा पनि लेखे झैं बिदेशी र स्वदेशीको तलब समानता भएको हुनुपर्छ।
सवारी खर्च, आश्रितका लागि कटौती, घर खर्च जस्ता खर्चहरु घटाएपछि पनि जिबिका चलाउन पुग्ने तलब कम्पनीले दिनुपर्छ।

page top