अंतरराष्ट्रीय विवाह गर्ने

अंतरराष्ट्रीय विवाह गर्ने

बिदेशमा गएर त्यहाँको मान्छेसँग विवाह गर्नेहरूको संख्या बढदै छन। विवाह सम्बन्धित निवास योग्यतामा दुइवटा किसिमको हुन्छ। 「जापानीजसँगको विवाह」 र「स्थायी निवासको हक भएकोसँगको विवाह」हो।
ई दुइवटा निवास योग्यता लगभग एउटै हो। यहाँ 「जापानीजसँगको विवाह」को बारेमा उल्लेख गर्न चाहन्छौँ।

 

परीक्षणमा हेरिने कुराहरू के हो।

अन्तरराष्ट्रिय विवाह गर्न गाह्रो त छैन। तर जापानीजसँग विवाह गर्दैमा निवास योग्यता भने पाउन निकै गाह्रो हुन्छ। पास नभएर सार्वजनिक नोटरी अफिसमा सल्लाह मागन आउनेहरू थुप्रै छन्। किनभने पहिला जापानमा बस्नको लागि मात्र नक्कली स्वरूप विवाह गर्नेहरू धेरै नै थियो। त्यसैले अहिले त परीक्षण गरिने तरिका एकदमै कडा भएका छन्।

 

दुबै जनाले साच्चै विवाह गर्न चाहन्छन्?

「दुबै जनाले साच्चै विवाह गर्न चाहेका छन् कि छैनन्」भन्ने उनिहरूको इच्छा धेरै महत्वपूर्ण छ। यसको मतलब नक्कली स्वरूप हो कि होइन भनेर हेरिनेछ।

 

यस्लाई बुझनको लागि धेरै कुराहरू सोधपुछ गरिनेछ। जस्तै कहिले र कसरी भेट भयो। कसरी प्रस्ताव राखियो। एकअर्काको कुन पक्ष मन पर्छ। विवाह पछि कसरी जीविका चलाउने हो। धेरै कुराहरू सोधिने भएकोले तपाईँलाई दिक्क लाग्न सक्छ। तर त्यति हद सम्म कडा परीक्षण गरिनेछ भन्ने कुरा बुझ्नुहोस्। दुइ जना सँगै खिचेको फोटो छ भने 10 वटा भन्दा धेरै बुझाउनुहोस्। यदि तपाईंलाई फोटो खिच्न मन पर्दैन भने पनि अन्तर्राष्ट्रिय विवाह गर्ने हो भने दुइ जनासँगको फोटो सकेसम्म धेरै खिच्नुहोस्।

 

वैवाहिक जीवन बिताउने सन्दर्भमा आर्थिक चिन्ता छ कि छैन।

तपाईंसँग विवाह गर्ने जापानीजको तलब थोरै छ अथवा पार्ट टाइम काम मात्र गर्नुभएको छ भने पास हुने सम्भावना कम हुन्छ। किनकि आर्थिकरूपमा समस्या छ भने लामो समयसम्म वैवाहिक जीवन बिताउन गाह्रो हुन सक्छ। अनि चोर वा लुटपाट गर्ने चिन्ता पनि बढ्छ।

 

त्यसकारण यदि तपाईं जापानीजसँग विवाह गर्दैहुनुहुन्छ तर जापानमा आएपछि मात्र काम खोज्नुहुन्छ भने आफ्सँग कस्तो सीप वा क्षमता छ भन्ने कुराको प्रमाण देखाउनुपर्छ। त्यसका साथसाथै बैंकमा कति बचत गरेकोछ सम्पत्ति कति छ तपाईंहरूलाई आर्थिक रूपमा मदत गरिदिने कोहि छ कि छैन भन्ने कुरा समेत विस्तृत रूपमा फाराममा भर्नुपर्ने हुन्छ। यसरी वैवाहिक जीवनकाई स्थिर बनाउने प्रमाणहरू देखाउनुपर्ने हुन्छ।

 

कसरी भेट भयो

अचानक संयोगले भेटेको अनि त्यसपछि बिस्तारै हिमचिम बढाउँदै प्रस्ताव राखियो भने राम्रो। एकअर्काको सम्बन्ध प्रमाण गर्न पनि सजिलो हुन्छ। अहिलेसम्मको सत्यतथ्य बुझाउँदा मात्र जाँच पास हुने सम्भावना धेरै छ। तर चिनजान गराउने तरिका त्यति मात्र होइन कि कुनै 「साधन」चलाएर भेटेकाहरू पनि छन्। त्यसोभए 「साधन」भनेको के हो।

 

साधन भनेको सामाजिक सञ्जाल वा बिदेशीहरूले काम गरेको बार समावेश छ। इन्टरनेटमा समेत विपरीत लिङ्गको व्यक्तिसित प्रस्ताव राखिने सम्भावना धेरै भएको ठाउँलाई बुझाउँछ। यस्तो अवस्थामा प्रस्ताव शुरुभएको व्यक्तिहरू माथि शङ्का उठ्न सक्छ। जस्तै पैसाको लागि अथवा आफ्नो कामवासना मेटाउनको लागी मात्र सम्बन्ध बनाएको वा भावुक भएर मात्र निर्णय गरेको शङ्का उठ्न सक्छ।

 

त्यसैले कस्तो सामजिक सञ्जाल मार्फत चिनजान भयो भनेर वर्णन गर्नुपर्छ। अनि जुन सामाजिक सञ्जाल साच्चै छ अनि कपटपूर्ण होइन भन्ने कुरा प्रमाण गर्ने कागजपत्रहरू तयारी गर्नुपर्छ। ति साधन चलाएर कसरी सम्पर्क राखेको थियो अनि कसरी प्रस्ताव अघि बढाउँदै गयो भन्ने कुराहरूको प्रमाण दिनको लागि दुइजनासँगको फोटो अनि पठाउने लिने गरेको इमेल वा मेसेजको फोटोकपी समेत बुझाउनुपर्ने हुनसक्छ। ति कुराहरूले दुबैजनाले एकअर्काको सम्बन्धलाई गम्भीरतापूर्वक लिएको प्रमाण दिईनेछ।

 

जापानीजसँग विवाह गर्नेको आचरण र व्यवहार

आवेदन गर्ने बिदेशी कस्तो स्वभावको हुन्, कस्तो ब्यक्तित्वको हुन् भन्ने कुरा नियालेर हेरिनेछ। लभ परेर विवाह गरेको कुरा प्रमाण गर्न सके तापनि पहिला Over stay वा अपराध गरेको खण्डमा भिसा पाउन निकै गाह्रो हुन्छ। निरिक्षण गर्नेले बिभिन्न तरिकाहरू अपनाएर तपाईँको बारेमा चिन्ने प्रयास गर्छन्। त्यसैले तपाईं ढाँटेर कुरा गरे पनि त्यो कुरा टिक्दैन। त्यसैले अप्ठ्यारो लाग्ने प्रश्न भएपनि सोझो भएर झुटो नबोली जवाफ दिनु पछिको लागि फाइदा हुन्छ। किनकि निरिक्षण गर्नेले तपाईँको पहिला गरेको काममा मात्र होइन। बरु तपाईँको बोली अनि व्यवहारमा पनि ध्यान दिन्छन्।

page top