परिवारलाई बोलाउने

परिवारलाई बोलाउने

प्यारा परिवारलाई जापानमा बोलाउन सक्यो भने बेग्लाबेग्लै वसेर न्यास्रो महसुस गर्नुपर्ने छैन। यो भागमा परिवारको सदस्यले पाइने भिसाको बारेमा वर्णन गर्नेछौँ।

 

निर्भर बास(Dependent stay)

आवासीय भिसा पाउनको लागी पहिला परिवारको कोही सदस्यले जापानमा श्रमस्वीकृत भिसा अथवा अध्ययन भिसा पाएको हुनुपर्छ। जस्ले आफ्नो श्रीमान श्रीमती वा बच्चालाई बोलाउन चाहिने भिसा हो। यदि आवेदन पास भएर जापानमा बोलाउन सके तापनि परिवारले काम गर्न त पाउँदैन। काम गर्नको लागी अर्कै किसिमको अनुमति मगाउनु पर्नेहुन्छ।

 

जीवनसाथीको बारेमा

「जीवनसाथी」भनेको वैवाहिक सम्बन्ध रहेको श्रीमान वा श्रीमतीलाई बुझाउँछ। सम्बन्ध विच्छेद भएको,मगनी मात्र गरेको वा सौता चाहिँ यसमा पर्दैन।अनि कुनै कुनै देशमा स्विकार्य समान लिंगहरूबीचको विवाह पनि यसमा पर्दैन।

 

 

बच्चाको बारेमा

「बच्चा」मा विवाहित आमाबाबुबाट जन्मेको बच्चा, धर्मपुत्र वा पुत्रयोग्य बनाईएको बच्चा समावेश हुन्छ।वयस्क बच्चा पनि समावेश हुन्छ। तर बच्चाको उमेर 18 भन्दा माथि हो भने अध्ययन भिसामा बस्नु पर्ने हुनसक्छ।

 

 

अध्ययन भिसामा बस्नेले परिवारलाई बोलाउनुपर्दा।

अध्ययन भिसामा बोडेको मान्छेले परिवारलाई बोलाउनुपर्दा जसको आर्थिक अवस्थालाई हेरिनेछ। बिध्यार्थीले अनुमति पाएर हप्ताको 28 घण्टा काम गर्न पाउँछ। तर त्यति मात्र परिवारलाई पाल्न त सक्दैन। त्यसैले उसको सम्पत्ति कति छ बैँकमा कति बचत गरेको छ भनेर जाँच गरिनेछ।

page top