एकान्तपन पोलिसी

एकान्तपन पोलिसी

 

आधारभूत सिद्धान्त

सार्वजनिक नोटरी ईमाबायासी दाईसुके अफिसमा ग्राहकको व्यक्तिगत जानकारी कानून द्वारा तोकिएको भन्दा अन्य उद्देश्यले प्रयोग गर्दैन। अनि ग्राहक बाट पाएको व्यक्तिगत जानकारी राम्रोसँग रेखदेख गरेर सुरक्षित राखिनेछ।

 

व्यक्तिगत जानकारीको परिभाषा

व्यक्तिगत जानकारी भनेको जसको नाम, जन्ममिति, ठेगाना, फोन नम्बर, अनुहारको फोटो, My number, अनि गाडीको लाइसेन्स समाबेस हुन्छ। त्यसका साथसाथै 「फलानोले जुन मिति र जुन ठाउँमा किनमेल गरेको थियो」भन्ने तथ्य कुराहरू पनि ति जानकारीले गर्दा त्यो व्यक्तिलाई छुट्याउन सकिन्छ भने व्यक्तिगत जानकारीमा पर्छ।

 

व्यक्तिगत जानकारी पाउने तरिका

तपाईँले हाम्रो ओफिसमा सम्पर्क राख्नुहुँदा हामी तपाईँको व्यक्तिगत जानकारी लिन्छौँ। तर सही तरिकाले तपाईँको जानकारी लिने भएकोले चिन्ता नगर्नुहोस्।

 

प्रयोग गर्ने उद्देश्य

निम्न हालत बाहेक ग्राहकको व्यक्तिगत जानकारी प्रयोग गर्ने छनौँ।
・कुनै कुराको आवेदनको लागि चाहिएमा
・ग्राहकको अनुमति पाएर अरूलाई देखाएमा
・तोकिएको नियमकानुनअनुसार अरूलाई देखाएमा

 

अरूलाई देखाउने बारेमा

तोकिएको नियमकानुनअनुसार बाहेक ग्राहकको अनुमतिविना अरूलाई व्यक्तिगत जानकारी दिइने छैन।

 

व्यक्तिगत जानकारी सुधार्नुपर्दा

ग्राहकले आफ्नो व्यक्तिगत जानकारी सुधार्न हामीलाई माग गर्दा नियमकानुन अनुसार कदम चाल्छौँ। त्यतिखेर ग्राहक आफै माग गर्नुभएको हो कि भनेर हामी निश्चित गर्छौँ।

 

व्यक्तिगत जानकारी सुरक्षित राख्ने बारेमा

हाम्रो ओफिसमा सुरक्षित राखिएको व्यक्तिगत जानकारीको बारेमा केही सोध्नुपर्ने छ भने कृपया यो वेबसाइटको सबभन्दा मुनि राखिएको फोन नम्बर वा फाराम बाट सम्पर्क राख्न सक्नुहुन्छ।

 

कर्जामुक्ति

यो वेबसाइटमा भएका कुराहरू राम्रोसँग अनुसन्धान गरेर पाएका विस्वास योग्य जानकारीहरू हुन्। तर जसले यो वेबसाइटमा लेखिएका कुराहरूअनुसार कदम चालेर पछि उसले भोग्नुपर्ने परिणाममा हाम्रो कुनै पनि जिम्मेवारी छैन।

page top