हुकुओका नेपाली सपोर्ट.com

यस वेबसाइटको बारेमा

हुकुओकामा बसेका सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरूलाई नमस्कार! मेरो नाम ईमाबायासी दाईसुके हो।म सार्वजनिक नोटरी हुँ।

 

भिसाको बारेमा या रेष्टुरेन्ट, कम्पनी खोल्ने बारेमा के तपाईँलाई अप्ठ्यारो लागेको छैन?
हामी खुशीसाथ मदत गर्छौँ।

 

वास्तवमा म पनि सन् 2005 देखि 2010 सम्मको 5 बर्षको दौडान चिनमा बसेकोथिएँ।
म पनि एकजना 「 बिदेशी 」थिएँ। त्यसैले तपाईहरूले भोगिरहेको दुःख म पनि बुझ्छु।

 

हाम्रो अफिसले भिसा आवेदन गर्ने तरिका, रेष्टुरेन्ट वा कम्पनी खोल्ने तरिका अनि सरकारबाट सेवासुविधा पाउने तरिका बताउँदै छौँ। त्यस्त कागजातहरू धेरै जटिल छ। तपाईँहरूलाई पनि गाह्रो लागेको होला। जस्तै निम्न कुराहरू।

 

・कहाँ अनि कसरी भिसा आवेदन गर्ने?
・डकुमेन्टहरू के के चाहिन्छ?
・डकुमेन्टमा लेखिएका कुराहरू बुझ्नै गाह्रो छ।
・Business managementको भिसा कसरी पास हुने?
・कम्पनी खोल्नलाई कति लगानी गर्नुपर्छ?
・रेष्टुरेन्ट खोल्न कसरी पैसाको व्यवस्था मिलाउने?
・जापानीजसँग बिहे गर्न नेपालमा डकुमेन्टहरू मगाउनुपर्छ?
・स्थायी निवासको हक पाउनु र नागरिकता पाउनुमा के फरक छ?
・बिदेशीलाई जागिर दिन के कस्तो डकुमेन्टहरू चाहिन्छ?

 

........ आदि कुराहरू

 

तर चिन्ता नगर्नुहोस्। हामी मदत दिन तयार छौँ। यदि तपाईँ चाहनुहुन्छ भने नेपाली दोभाषेको प्रबन्ध मिलाउन पनि सक्छौँ

 

आफ्नो मातृभूमि छोडेर दिनरात मेहनत गर्नुभएका तपाईंहरूको हामी मनैदेखि कदर गर्छौँ। हाम्रो अफिससँग तपाईं जहिलेपनि नेपालीमा कुरा गर्न पाउनुहुन्छ। किनकिहाम्रो अफिस वर्षभरि चौबीसै घण्टा खुल्ला छ।एकदिन हामी तपाईंहरूसँग भेट्ने आशा गर्दछौँ।

page top